logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • जर्मन लक्जरियस कार अउडी अब नेपालमा पनि, कति पर्छ विद्युतीय मोडलको मूल्य ?

    जर्मन लक्जरियस कार अउडी अब नेपालमा पनि, कति पर्छ विद्युतीय मोडलको मूल्य ?

    2.7K
    Shares
    जर्मन लक्जरियस कार अउडी अब नेपालमा पनि, कति पर्छ विद्युतीय मोडलको मूल्य ?

    काठमाडौं। जर्मन लक्जरियस कार अउडी आधिकारिकरुपमा नेपाल भित्रिएको छ। आधिकारिक बिक्रेता काइरोस इन्टरनेशनलले अउडीका विद्युतीय कार नेपाल भित्र्याएको हो।

    कम्पनीले सुरूमा अउडीका क्यू फोर ३५ ई-ट्रोनका दुई भेरियन्ट नेपाल ल्याएको छ। कम्पनीले दुवै गाडी शुक्रबार सार्वजनिक गरेको छ।

    अउडी क्यू फोर ३५ ई-ट्रोनको मूल्य १ करोड ४५ लाख र क्यू फोर ३५ ई-ट्रोन स्पोर्टब्याकको मूल्य १ करोड ५० लाख रुपैयाँ तोकिएको छ।

    यी विद्युतीय कारमा ५५ किलोवाट आवरको लिथियम आयन ब्याट्री प्याक छ। कारमा रहेको मोटरको पिकपावर १ सय २५ किलोवट छ।

    अउडीको यो कारले एक पटकको फुल चार्जमा ३४९ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ। कम्पनीका अध्यक्ष विनोद श्रेष्ठले गाडी टेस्लाको अहिले नक्सालमा रहेको शोरुमबाट बिक्री गरिने बताए। डेलिभरी गर्न ३ महिना लाग्ने कम्पनीको भनाइ छ।

    विद्युतीय कार भित्र्याएसँगै कम्पनीले उच्चस्तरीय सर्भिस उपलब्ध गराउन तयारी थालेको छ। कम्पनीले अउडीका अन्य मोडलका विद्युतीय कार पनि ल्याउने बताएको छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend