logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई विप्लवको चेतावनी, ‘एमसीसी जस्ताको त्यस्तै कार्यान्वयन गरिए सहकार्य तोड्छौँ’

    प्रधानमन्त्री प्रचण्डलाई विप्लवको चेतावनी, ‘एमसीसी जस्ताको त्यस्तै कार्यान्वयन गरिए सहकार्य तोड्छौँ’

    2.1K
    Shares
    प्रधानमन्त्री प्रचण्डलाई विप्लवको चेतावनी, ‘एमसीसी जस्ताको त्यस्तै कार्यान्वयन गरिए सहकार्य तोड्छौँ’

    काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनलाई लिएर समाजवादी मोर्चाभित्र विवाद चर्किएको छ । मोर्चामा आबद्ध दल नेकपाले सहकार्य तोड्नेसम्मको चेतावनी दिएको छ ।

    सो पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री प्रचण्डलाई भेटेर मोर्चा र माओवादी केन्द्रसँग समेत सहकार्य तोड्नेसम्मको चेतावनी दिएका हुन् ।
    प्रचण्डलाई भेट्न बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटार गएका विप्लवले १२ बुँदे व्याख्यात्मक टिप्पणीबारे अमेरिकाको लिखित धारणा नआएसम्म कार्यान्वयन नगर्न आग्रह गरेका थिए ।

    एमसीसीलाई लिएर विप्लवले अन्य दलका नेताहरूलाई पनि भेट्ने तयारी गरेको उनले बताए । एमसीसीका विषयमा विप्लवले प्रचण्डसँग करिब २ घण्टा लामो भेटघाट गरेको बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend