logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • आजदेखि इभी अन्तर्राष्ट्रिय प्रदर्शनी

    आजदेखि इभी अन्तर्राष्ट्रिय प्रदर्शनी

    2.2K
    Shares
    आजदेखि इभी अन्तर्राष्ट्रिय प्रदर्शनी

    काठमाडौँ । नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अप्लायन्सेस तथा नेपाल इभी अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारदेखि हुने भएको छ । १५ भदौदेखि तीन दिन काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको प्रदर्शनीले विद्युतीय उपभोग बढाई देशलाई आर्थिक रूपमा सबलीकरण गर्ने रहेको आयोजकले जनाएको छ ।

    मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेर एन्ड इवेन्ट्स, एक्जिविसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याकचरर एन्ड इम्पोर्टर्स एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा हुने प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सयभन्दा बढी कम्पनीको प्रदर्शनी कक्ष रहनेछन् ।

    प्रदर्शनीमा विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, विद्युतीय साइकल तथा रिक्सा, चार्जिङ स्टेसन, ब्याट्री, ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रणयन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबल एवं कन्डक्टर, अत्याधुनिक प्रकारका स्विच, एलिडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणलगायत विद्युतीय सामग्रीका कम्पनीको सहभागिता रहनेछ ।

    राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रवद्र्धन गरिने आयोजकको दाबी छ । साथै, यी उद्योगमा भएका नवीनतम उपलब्धिबारे सूचना आदान–प्रदान गर्ने तथा उपभोक्तावर्गमा ऊर्जाको व्यवस्थित खपतको महत्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पु¥याउने लक्ष्य यस संस्करणको रहेको आयोजकले बताएको छ ।

    यस प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपाल विद्युत् प्राधिकरण तथा युएसआइडी क्लिन एयर–एफएचाई तीन सय ६० रहेका छन् । साथै, ल्यान्यार्ड सहयोगीमा यासुडा तथा इ–कमर्स सहयोगीमा दराज रहेको छ ।

      सम्बन्धित विषय:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend