logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • अर्थतन्त्रलाई लिएर निराश हुनुपर्ने अवस्था छैन, लयमा फर्काउने प्रयास जारी छः डा.महत

    अर्थतन्त्रलाई लिएर निराश हुनुपर्ने अवस्था छैन, लयमा फर्काउने प्रयास जारी छः डा.महत

    1.4K
    Shares
    अर्थतन्त्रलाई लिएर निराश हुनुपर्ने अवस्था छैन, लयमा फर्काउने प्रयास जारी छः डा.महत

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रलाई लयमा फर्काउन आफूले प्रयास गरिरहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले अर्थतन्त्र लिएर निराश हुनुपर्ने अवस्था नरहेको बताएका हुन्।

    उनले अर्थतन्त्रलाई लयमा फर्काउन आफुले प्रयास गरिरहेको दाबी गरे। पर्यटन क्षेत्रमा सुधार भइरहेको र विदेशी मुद्राको सन्चित पर्याप्त रहेकाले आर्थिक गतिविधि अगाडि बढाउन देखिएका समस्या समाधान गर्न सरकार लागिरेहेको उनको भनाई छ । अर्थमन्त्री महतले आगामी दिनमा देशको अर्थतन्त्र सकारात्मक दिशामा जाने भएकाले कुनै द्विविधा नराख्न आग्रह गरे।
    उनले मुलुकको आर्थिक विकासका लागि नीजि क्षेत्रको साथ आवश्यक परेको भन्दै नीजि क्षेत्रको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको जिकिर गरे।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघअध्यक्ष चन्द्र ढकालले सरकारले नीजि क्षेत्रलाई दिएको सुझाव कार्यान्वन गर्न नखोज्दा अहिलेको अवस्था आएको हुनसक्ने बताए । मुलुक श्रीलंका जस्तो हुने भन्दै अर्थतन्त्रका नीतिलाई कसिलो पार्न खोज्ला पनि केहि समस्या देखिएको उनको भनाई छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend