logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बिदाको दिन खुलेका विद्यालयलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

    बिदाको दिन खुलेका विद्यालयलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

    2.2K
    Shares
    बिदाको दिन खुलेका विद्यालयलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक बिदाका दिन विद्यालय सञ्चालन नगर्न चेतावनी दिएको छ।

    सापारु र रोपाइँ जात्राको अवसरमा महानगरपालिकाले शुक्रबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको थियो।

    तर, महानगरपालिकाले दिएको सार्वजनिक बिदाको दिनमा पनि कतिपय नीजि विद्यालय सञ्चालन भएको पाइएपछि महानगरपालिकाले बिदाको दिनमा विद्यालय सञ्चालन नगर्न सचेत गराएको हो।
    निर्णय उलंघन गर्दै खुलेका विद्यालयलाई कारबाही गर्ने चेतावनीसमेत महानगरपालिकाले दिएको छ।

    काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले विज्ञप्तिमा गर्दै स्थानीय सरकारले गरेको निर्णय अनिवार्य रुपमा पालना गर्न सबैमा अनुरोध गरेका छन्।

    महानरपालिकाको निर्णय विपरीत काम गरेमा प्रचलित कानूनबमोजिम कारबाही हुने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend