logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राजेन्द्र लिङ्देन भन्छन् धर्मनिरपेक्षताको नाममा हिन्दुमाथि अपमान गरिएको छ

    राजेन्द्र लिङ्देन भन्छन् धर्मनिरपेक्षताको नाममा हिन्दुमाथि अपमान गरिएको छ

    1.9K
    Shares
    राजेन्द्र लिङ्देन भन्छन् धर्मनिरपेक्षताको नाममा हिन्दुमाथि अपमान गरिएको छ

    काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धर्मनिरपेक्षताको नाममा हिन्दु समुदायलाई अपमानित गर्ने काम भएको बताएका छन् ।

    शनिबार बुटवलमा आयोजित शान्ति र्‍यालीलाई सम्बोधन गर्दै उनले नेपालमा ८१ प्रतिशत हिन्दु, ९ प्रतिशत बौद्ध र ३ प्रतिशत किंरात धर्ममा विश्वास राख्नेहरु रहेकाले हिन्दु राष्ट्र बनाउँदा कसैमाथि अन्याय नहुने बताए ।

    राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देशमा हिन्दु राष्ट्र हुंदा छुट्टैै परिचय भएको र कुनै धार्मिक विभाजन नदेखिएको दाबी गरे । नेपालमा राजनीतिक परिवर्तनको बेला धर्म निरपेक्षताको कुरा नउठेको पनि मिश्रले बताए ।

    बुटवलको राजमार्ग चौराहबाट निस्केको र्‍यालीमा सहभागीहरु मिलनचोक, बसपार्क, अस्पताललाइन हुँदै ट्राफिक चोकसम्म पुगेपछि त्यहाँ कोणासभा गरिएको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend