logo

२०८१ जेष्ठ १ मंगलबार

logo
  • मंगलबार, १ जेष्ठ २०८१
  • माओवादी भएपछि अपराध गरे पनि बाँचिन्छ भन्ने नसोचे हुन्छः गृहमन्त्री श्रेष्ठ

    माओवादी भएपछि अपराध गरे पनि बाँचिन्छ भन्ने नसोचे हुन्छः गृहमन्त्री श्रेष्ठ

    7.1K
    Shares
    माओवादी भएपछि अपराध गरे पनि बाँचिन्छ भन्ने नसोचे हुन्छः गृहमन्त्री श्रेष्ठ

    काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादी भएकै कारणले कुनै अपराधीले छुट नपाउने दाबी गरेका छन् ।

    शनिबार जनतासँग माओवादी विशेष रुपान्तरण अभियान समुद्घाटन कार्यक्रमलाई ललितपुरको बाँडेगाउँमा सम्बोधन गर्दै उनले अनुसन्धानले अपराधी पुष्टि गरेमा माओवादी नै भए पनि कानुनको कठघरामा ल्याउने बताए ।

    माओवादीको नेतृत्वको सरकार छ बाँचिन्छ भन्ने भ्रममा नपर्न उनले चेतावनी दिए । उनले भने,‘अहिले ६० किलो सुनको तस्करी र नौ किलो सुनको तस्करीको अनुसन्धान गरिरहेका छौँ । सरकारको कुरा के छ भने जोसुकै परोस् दोषी र अपराधी छन् भने अनुसन्धानले त्यसको पुष्टि गर्छ भने कानुनको कठघरामा ल्याउने छौँ । कुन पार्टीको कोसँग कस्तो सम्बन्धको मान्छे मतलब छैन ।’

    कोही माओवादी भएपछि अपराध गरे पनि बाँचिन्छ होला माओवादीको नेतृत्वको सरकार छ भनेर नसोच्न उनले आग्रह गरे । अपराधी माओवादी भए पनि कारबाही हुने उनले बताए ।

    माओवादी नै नेपालको सबैभन्दा अग्रगामी र राम्रो पार्टी भएको उनको दाबी छ । उनले सामाजिक न्याय समेतको समृद्धिको कार्यनीति लागू गर्न र समाजवादीको रणनीतिलाई अँगाल्नमा आवादीको नेतृत्वले मात्र सम्भव भएको उनले जिकिर गरे ।

    उनले भने,‘माओवादी नै नेपालको सबै पार्टीमध्ये सबैभन्दा अग्रगामी र राम्रो पार्टी हो । र, हाम्रो पार्टीले राष्ट्रिय कार्यभार पूरा गर्न सक्छ । अहिले सामाजिक न्याय समेतको समृद्धिको कार्यनीति लागू गर्न र समाजवादको रणनीतिलाई अँगाल्न नेपालमा हाम्रो पार्टीको नेतृत्वले मात्र सम्भव छ ।’

    मन्त्री श्रेष्ठले सरकारले अहिले भ्रष्टाचार र तस्करीविरुद्धको अभियान चलाइराखेको भन्दै त्यसले आमजनतामा आशा पैदा गरेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend