logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • चौतर्फी आलोचना भएपछि बालेनले हटाए फेसबुकबाट विवादित अभिव्यक्ति

    चौतर्फी आलोचना भएपछि बालेनले हटाए फेसबुकबाट विवादित अभिव्यक्ति

    2.1K
    Shares
    चौतर्फी आलोचना भएपछि बालेनले हटाए फेसबुकबाट विवादित अभिव्यक्ति

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सिंहदरबारमा आगो लगाइदिन्छु भन्ने विवादास्पद फेसबुक स्टाटस हटाएका छन् ।

    चौतर्फी आलोचना भएपछि शनिबार राति लेखेको विवादास्पद स्टाटस बालेनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकबाट हटाएका हुन् ।

    आफ्नी श्रीमती सविना काफ्ले चढेको सरकारी गाडीलाई शनिबार ट्राफिक प्रहरीले रोकेर सोधपुछ गरेपछि आक्रोशित बालेनले सिंहदरबारमा आगो लगाउने धम्कीसहित फेसबूक स्टाटसु लेखेका थिए ।

    ट्राफिक प्रहरीले रोक्दा गाडीमा ड्राइभर र बालेनकी श्रीमती थिए । चेकजाँचका क्रममा रोकेर सोधपुछ गरेपछि आक्रोशित बालेनले अराजक शैलीमा फेसबूक स्टाटस लेखेका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend