logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँड

    भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँड

    2.3K
    Shares
    भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँड

    काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओ बाँडफाँट भएको छ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले सोमवार विहान आफ्नै कार्यालयमा आईपीओ बाँडफाँट कार्यक्रम सम्पन्न गरेको हो ।

    भदौ ५ गतेदेखि ८ गतेसम्म यस कम्पनीले सर्वसाधारणमा ७ लाख १२ हजार २२० कित्ता आईपीओ विक्री गरेको थियो । भाग्यमानी ७१ हजार २२२ जना आवेदकहरूले १० कित्ताका दरले कम्पनीको आईपीओ प्राप्त गरेका छन् । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट कम्पनीको आईपीओ बाँडफाँट गरिएको विक्री प्रबन्धकको भनाई छ ।

    तोकिएको अवधिभित्र १३ लाख ९ हजार ६६ जना आवेदकहरूबाट १ करोड ४२ लाख ७६ हजार २४० कित्ता शेयर खरीद माग भएको थियो । यीमध्ये रितपूर्वक नभएको भन्दै २ हजार ३८९ जना आवेदकबाट प्राप्त ३५ हजार ६९० कित्ता शेयर खरीद आवेदन रद्द गरिएको समेत विक्री प्रबन्धकको भनाई छ । योग्य १३ लाख ६ हजार ६७७ जनाको आवेदनलाई मात्र गोलाप्रथामार्फत गरिएको बाँडफाँटबाट सहभागी गराईएको हो ।

    कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री तथा बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको २५ प्रतिशत दरको १४ लाख ३० हजार १६२ कित्ता आईपीओ प्रिमियम सहितको मूल्यमा विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार ६ गते अनुमति पाएको थियो ।

    प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा प्रिमियम वापत १६ रूपैयाँ थप गरी प्रतिकित्ता ११६ रूपैयाँमा कम्पनीले आईपीओ विक्री गरेको हो । आयोजना प्रभावित स्थानीयमा जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रूपैयाँको १० प्रतिशत अर्थात ५ करोड ७२ लाख ६ हजार ५०० रूपैयाँ बराबरको ५ लाख ७२ हजार ६५ कित्ता आईपीओ बाँडफाँट गरिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याएको शेयरको १० प्रतिशतले हुन आउने ८५ लाख ८१ हजार १०० रूपैयाँ बराबरको ८५ हजार ८१० कित्ता शेयर बाँडफाँट गरिएको हो ।

    आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँटपछि बाँकी रहेको आईपीओमध्ये ४२ हजार ९०५ कित्तासामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको कम्पनीको भनाई छ । यी वाहेक पनि १७ हजार १६२ कित्ता आईपीओ कम्पनीका कर्मचारीहरूको लागि सुरिक्षत गरीएको छ ।

    कम्पनीले पोखरा महानगरपालिकाको विजयपुरा खोलाको पानी उपयोग गरी ४ दशमलव ५ मेगावाट क्षमताको विजयपुर–१ साना जलविद्युत आयोजना निर्माण गरिसकेको छ । उक्त आयोजनाबाट कम्नपीले २०६९ साल भदौ ५ गतेदेखि व्यापारिक उत्पादन सुरू गरेको छ । आयोजना निर्माणको कुल अनुमानित लागत ७९ करोड ६८ लाख २९ हजार रूपैयाा रहेको छ । हाल कम्पनीमा संस्थापक तर्फबाट चुक्ताभएको पूँजी ४२ करोड ९० लाख ४८ हजार ५०० रूपैयाँ रहेको छ ।

    सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ५७ करोड २० लाख ६४ लाख ७०० रूपैयाँ कायम हुनेछ । आर्थिक वर्ष ०७८÷७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ८ करोड ७५ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ । वास्तविक अवस्था अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १२० रूपैयाँ ४१ पैसा छ भने प्रतिशेयर आम्दानी १९ रूपैयाँ २३ पैसा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend