logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • तीजलाई लक्षित गर्दै नबिल बैंकले ल्यायो महिलाका लागि विशेष अफर

    तीजलाई लक्षित गर्दै नबिल बैंकले ल्यायो महिलाका लागि विशेष अफर

    2.1K
    Shares
    तीजलाई लक्षित गर्दै नबिल बैंकले ल्यायो महिलाका लागि विशेष अफर

    काठमाडौं । नबिल बैंकले महिला ग्राहकका लागि विशेष तीज अफर बजारमा ल्याएको छ ।

    आइतबार देखि लागू गरिएको तिज विशेष अफरमा बैंकको ‘नबिल प्रिमियम नारी बचत खाता’ खोले बापत महिला ग्राहकले पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सक्नेछन् । भने, पहिलो वर्षको वार्षिक लकर शुल्क पनि निःशुल्क गरिएको छ ।

    आगामी असोज १५ गतेसम्मका लागि लागू हुने उक्त आफर बैंकले नजिकिँदै गरेको नारीहरूको महान् चाड तीजलाई लक्षित गर्दै ल्याएको हो ।

    बैंकले हाल देशभर २ सय ६५ शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend