logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • बालेनको विवादित अभिव्यक्तिपछि जथाभाबी वक्तव्यबाजी नगर्नू भन्दै काठमाडौँ प्रशासनको विज्ञप्ति

    बालेनको विवादित अभिव्यक्तिपछि जथाभाबी वक्तव्यबाजी नगर्नू भन्दै काठमाडौँ प्रशासनको विज्ञप्ति

    1.9K
    Shares
    बालेनको विवादित अभिव्यक्तिपछि जथाभाबी वक्तव्यबाजी नगर्नू भन्दै काठमाडौँ प्रशासनको विज्ञप्ति

    काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सरकारी काममा खटिएका राष्ट्रसेवकहरूलाई निरुत्साहित हुने अभिव्यक्ति नदिन आग्रह गरेको छ । काठमाडौँ महानगरपालिका मेयर बालेन शाहको अभिव्यक्तिप्रति लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    ‘पछिल्लो समयमा असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरूलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालहरूमा व्यक्त भएका अभिव्यक्तिहरूप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

    आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरूलाई कर्तव्य पालनामा बाधा अवरोध नपुयाउन र जथाभाबी वक्तव्यबाजी नगर्न सबैमा प्रशासनको आग्रह छ ।

    ‘हामीले अवलम्बन गरेको लोकतन्त्र र विधिको शासनले कानुनको दृष्टिमा सबै समान छन् भन्ने कुरा स्थापित गरेको ब्यहोरा जगजाहेर छ । प्रचलित कानुनको बर्खिलाप गरिने जुनसुकै गतिविधिहरू नियन्त्रण गर्न र विधिको शासन प्रत्याभूत गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकाय प्रतिबद्ध रहेको छ,’ विज्ञप्तमा भनिएको छ ।

    अहोरात्र क्रियाशील निकाय तथा सम्बद्ध राष्ट्रसेवकलाई साथ, सहयोग र हौसला प्रदान गर्न आम नागरिक प्रशासनको आग्रह छ ।

    जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बिदाको दिनमा सरकारी गाडी प्रयोग गर्दा तोकिएका अधिकारीबाट जारी भएको सवारी पास बोक्नुपर्ने नियम समेत सम्झाएको छ ।

    लोकतन्त्र र विधिको शासनले कानुनको दृष्टिमा सबै समान रहेको भन्दै प्रचलित कानुनको बर्खिलाप गरिने जुनसुकै गतिविधि नियन्त्रण गर्न र विधिको शासन प्रत्याभूत गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकाय प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend