काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज शोक बिदा दिएको छ ।
महानगरको वडा नम्बर–१६ का अध्यक्ष मुकुन्द रिजालको उपचारका क्रममा हिजो ग्राण्डी अस्पतालमा निधन भएपछि महानगरले आज महानगरपालिका अन्तर्गतका कार्यालयमा शोक बिदा दिने निर्णय गरेको हो ।
महानगरको नगर कार्यपालिका कार्यालयका विभाग प्रमुख दीपक अधिकारीले विज्ञप्ति निकालेर आज शोक बिदा रहेको जानकारी दिए । रिजालको निमोनियाका कारण हिजो निधन भएको थियो ।