logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • व्यवसाय सञ्चालन अनुमति पाएको १० वर्ष नभई आईपीओ निष्काशन गर्न नपाइने

    व्यवसाय सञ्चालन अनुमति पाएको १० वर्ष नभई आईपीओ निष्काशन गर्न नपाइने

    1.8K
    Shares
    व्यवसाय सञ्चालन अनुमति पाएको १० वर्ष नभई आईपीओ निष्काशन गर्न नपाइने

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले व्यवसाय सञ्चालनको अनुमति अवधि १० वर्षभन्दा कम भएका कम्पनीहरुलाई आईपीओ निष्कासन गर्न नदिने भएको छ ।

    बोर्डले ‘धितोपत्र दर्ता तथा निष्कासन (सातौं संशोधन) नियमावली, २०८०’ जारी गर्दै त्यस्ता कम्पनीहरुले बोर्डमा धितोपत्र दर्ता तथा सार्वजनिक निष्कासनका लागि निवेदन दिने नसक्ने व्यवस्था गरेको हो ।

    ‘आवधिक रुपमा अनुमतिपत्र नवीकरण गर्नुपर्ने व्यवसाय बाहेक अन्य व्यसायको हकमा व्यवसाय सञ्चालनको अनुमतिको अवधि १० वर्षभन्दा कम भएमा त्यस्तो संगठित संस्थाले बोर्डमा धितोपत्र दर्ता तथा सार्वजनिक निष्कासनको लागि निवेदन दिन सक्ने छैन ’, संशोधित नियमावलीमा भनिएको छ ।

    यस्तै १ अर्ब चुक्तापुँजी भएको कम्पनीले पछिल्लो दुई आर्थिक वर्षमा खुद मुनाफा गरेको छ भने उसले भने प्रिमियम मूल्यमा सेयर जारी गर्न पाउँने व्यवस्था संसोधित नियमावलीले गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend