logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पारस खड्का क्यानको केन्द्रीय सचिवमा उम्मेदवारी दिने

    पारस खड्का क्यानको केन्द्रीय सचिवमा उम्मेदवारी दिने

    5.4K
    Shares
    पारस खड्का क्यानको केन्द्रीय सचिवमा उम्मेदवारी दिने

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बागमती अध्यक्षमा निर्वाचित भएका राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्काको नजर अब केन्द्रीय निर्वाचनतिर छ । आउँदो ५ र ६ असोजमा हुने क्यानको केन्द्रीय अधिवेशनमा पारसले सचिव पदमा उम्मेदवारी दिने आन्तरिक तयारी गरेका छन् ।

    क्यानको विधानअनुसार प्रदेश वा जिल्लाको पदाधिकारीले केन्द्रीय कार्यसमिति र पदाधिकारीमा पनि चुनाव लड्न रोकटोक छैन । त्यसैले बाग्मतीको अध्यक्ष हुँदा हुँदै पारसले केन्द्रमा पनि जुनसुकै पदमा लड्न सक्छन् । उनलाई धेरैले केन्द्रीय अध्यक्षकै आकांक्षीका रूपमा समेत हेरेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend