logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • नाडा अटो शोमा ‘फोर्स अरबानीया’ लन्च हुँदै, कति पर्छ मूल्य ?

    नाडा अटो शोमा ‘फोर्स अरबानीया’ लन्च हुँदै, कति पर्छ मूल्य ?

    3K
    Shares
    नाडा अटो शोमा ‘फोर्स अरबानीया’ लन्च हुँदै, कति पर्छ मूल्य ?

    काठमाडौं । ‘नाडा अटो शो २०२३’ मा ‘फोर्स अरबानीया’ लन्च गरिने भएको छ । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले अटो शोमा फोर्स कम्पनिको अरबानीया माइक्रो बसको अनावरण तथा बुकिङ्ग खुल्ला गरि बिक्री वितरण गर्ने भएको हो ।

    फोर्स अरबानीया भारतमा अत्याधीक माग रहेको साथै नेपालमा सर्वाधिक मानिसहरुको चासो र पर्खाईमा रहेको बहुप्रतिच्छित यो बस नेपालमा आयातीत माइक्रोबसहरु मध्यमा सबैभन्दा प्रिमियम सुबिधा यूक्त रहेको छ कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार माइक्रोबस कार जस्तै आरामदायी र सूबिधाजनक रहेको छ । विशेष गरी यो बस पर्यटन तथा होटल व्यवसायी, टुर्स एण्ड ट्राभल्स, ठुला कम्पनीहरु ,कुटनीतीक निकायहरु,सरकारी तथा गैर सरकारी संस्थाहरुका लागी उपयूक्त हुने देखिएको छ ।

    माइक्रोबस विश्व प्रशिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको तथा सोही कम्पनीको इन्जिन ,गेयरबक्स तथा एक्सल जडान गरिएको हो । अरबानीया सुरक्षाका दृष्टीकोणले सम्पूर्ण रेटिङ्गहरुमा अब्बल कम्पनीको दाबी छ ।

    स्लाइडीङ्ग डोरसहितको तिन ढोका यूक्त यो बसमा १४ र १८ सिट क्षमतामा उपलब्ध छन भने यसमा अति आरामदायी रिक्लाइनिङ्ग सिटहरु रहेको छ ।

    सहज ईन्ट्री र एक्जिट, पर्याप्त वुट स्पेस, पर्याप्त हाइट साथै बस्न सहजताका लागी फ्रन्ट बम्पर डिजाइन , कुनै दुर्घटना भैहालेमा पनी हेड इन्जुरी कम होस भन्नका लागी त्यही अनुसारको ड्यासबोर्ड डिजाइन यस बसमा गरीएको छ ।

    गाडीमा ठुलो सिङ्गल विन्डो रहेकोले आकर्षक दृश्यको अवलोकन गर्न सकिन्छ । बसको सुरुवाती मुल्य ८२ लाख ९९ हजार रुपैया रहेको छ । यो मुल्य केही समयको लागि मात्र लागु हुनेसमेत कम्पनीले जानकारी गराएको छ ।

    कम्पनीले यो बस नाडा अटो शो मा बुकिङ्ग गर्नेहरुको लागी आकर्षक छुट सुबिधासमेत उपलब्ध गराउने भएको छ । फोर्स मोटर्सको नेपालका २२ वटा प्रमूख स्थानहरुमा डिलर तथा सर्भिस सेन्टरहरु छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend