logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • बागमती प्रदेशसभा बैठकअघि सर्वदलीय बैठक बस्दै

    बागमती प्रदेशसभा बैठकअघि सर्वदलीय बैठक बस्दै

    2.1K
    Shares
    बागमती प्रदेशसभा बैठकअघि सर्वदलीय बैठक बस्दै

    हेटौँडा । बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि सर्वदलीय बैठक आह्वान गरिएको छ ।

    आजका लागि बोलाइएको प्रदेशसभा बैठक चल्ने अवस्था नदेखिएपछि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक बोलाएका हुन् ।

    सभामुख पाठकले बोलाएको सर्वदलीय बैठक बिहान १० बजे बस्नेछ । सो बैठक प्रदेश सचिवालय भवनमा बोलाइएको छ ।

    उक्त बैठकमा सहमति कायम गरी पूर्वनिर्धारित कार्यक्रम अनुसार बिहान ११ बजे देखी प्रदेश सभा बैठक सुचारू गर्ने योजना रहेको छ । यही भदौ १८ गतेदेखि बैठक बस्न नसकी तीन पटक सारिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend