logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • एमाले सचिवालय बैठकमा सुवास नेम्वाङको आसनमा राखियो फूलमाला

    एमाले सचिवालय बैठकमा सुवास नेम्वाङको आसनमा राखियो फूलमाला

    2.1K
    Shares
    एमाले सचिवालय बैठकमा सुवास नेम्वाङको आसनमा राखियो फूलमाला

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको छ । अघिल्ला दिनहरुमा जस्तो आजको बैठकमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ छैनन् । उनको आजै निधन भएको छ । त्यसैले उनी बस्ने गरेको कुर्सीमा एमालेले फूलमाला लगाइदिएको छ ।

    संविधान सभाका अध्यक्षसमेत रहेका एवम् नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको आज बिहान निधन भएको थियो । राति एक बजेतिर बालुवाटारस्थित निवासमा उनी बेहोस भएका थिए । परिवारका सदस्यहरुले उनलाई बेहोस अवस्थामै त्रिवि शिक्षण अस्पताल पुर्याएका थिए । तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

    आजै बिहान बसेको मन्त्रिपरिषद बैठकले राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend