logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अभिभावकिय संस्थाको रुपम राजालाई ‘स्पेश’ दिऔं, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाऔंः लिङ्देन

    अभिभावकिय संस्थाको रुपम राजालाई ‘स्पेश’ दिऔं, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाऔंः लिङ्देन

    4K
    Shares
    अभिभावकिय संस्थाको रुपम राजालाई ‘स्पेश’ दिऔं, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाऔंः लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

    काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै राजालाई अभिभावकिय संस्थाको रुपमा अघि बढाउन प्रस्ताव राखे ।

    उनले भने, ‘कांग्रेस, एमाले र माओवादीलाई भन्न चाहन्छु देश र जनताप्रति माया छ भने सुध्रिन चाहनुहुन्छ भने समय बितिगएको छैन । सुध्रनुहोस् । कुनै विद्रोह नगरी सल्लाहबाटै अघि बढैं । ०६२-६३ को राजनीतिक परिवर्तनपछि दिल्लीको १२ बुँदे सम्झौतको भरिया बनेर आउनुभयो र त्यही बाटोबाट देशलाई हिँडाउनुभयो । यहाँसम्म आइपुग्दा त्यो बाटो गलत भयो भन्ने तपार्ईंहरुलाई पनि लागेको छ । त्यो बाटोले देशलाई दुर्घटनामा लानेवाला छ ।’

    देशलाई दुर्घटनाबाट जोगाउनको लागि नयाँ सम्झौता गरेर राजालाई कुनै न कुनै किसिमको स्पेशको व्यवस्था गर्न आग्रह गरे ।

    उनले भने, ‘राजालाई अभिभावकिय संस्थाको रुपमा अगाडि बढाऔं। नेपाल जस्तो सानो देशलाई यतिधेरै जनप्रतिधि भारी हुन्छ । संघीयताले राष्ट्रिय ऋण बढायो। संघीयता कटौती गरौं ।’ उनले पार्टी अलग अलग भएर चुनाव लडेपनि भ्रष्टाचारको पछिल्ला प्रकरण हेर्दा खाने बेलामा सबैसँगै हुने गरेको आरोप लगाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend