logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • काठमाडौँ महानगरले गर्‍यो आफूखुसी असइको फुली लगाउने ४२ नगरप्रहरी निलम्बन

    काठमाडौँ महानगरले गर्‍यो आफूखुसी असइको फुली लगाउने ४२ नगरप्रहरी निलम्बन

    2.4K
    Shares
    काठमाडौँ महानगरले गर्‍यो आफूखुसी असइको फुली लगाउने ४२ नगरप्रहरी निलम्बन

    काठमाडौँ । आफूखुसी असइको फुली लगाउने ४२ नगर प्रहरीलाई काठमाडौं महानगरलपालिकाले निलम्बन गरेको छ । महानगरले ती नगर प्रहरीलाई ३० दिनका लागि निलम्बन गरेको हो ।

    ‘महानगले औपचारिक कार्यक्रम आयोजना गरेर दर्ज्यानी चिह्न दिनुपर्ने भए पनि उहाँहरूले आफूखुसी आजैदेखि फुली लगाएर हिँड्नुभएको रहेछ । उहाँहरूले अनुशासनविपरीतको कार्य गर्नुभएकाले निलम्बन गरिएको हो,’ महानगरका प्रवक्ता नवीन मानन्धरले भने ।

    उनका अनुसार ती नगर प्रहरीहरूलाई ३० दिन निलम्बन गरेर छानबिन गर्न समितिसमेत गठन गरिएको छ । महानगरले उनीहरूलाई गत २५ असारमा बढुवा गरेको थियो । उनीहरू सहायकस्तर तेस्रो तहबाट सहायकस्तर चौथोमा बढुवा भएका थिए ।

    प्रदेश निजामती ऐन ०७९ जारी भएपछि छैटौँ र आठौँ तहबाहेकका कर्मचारीको स्वतः बढुवा हुने व्यवस्था थियो । तर, महानगरले ऐनबमोजिम बढुवा नगरेपछि ती कर्मचारी उच्च अदालत पाटन पुगेका थिए । अदालतले उनीहरूका पक्षमा फैसला गरेपछि महानगरले बढुवा गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend