logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • चार दिनमै शाहरुख खानको ‘जवान’ले कमायो ५३१ करोड

    चार दिनमै शाहरुख खानको ‘जवान’ले कमायो ५३१ करोड

    3.6K
    Shares
    चार दिनमै शाहरुख खानको ‘जवान’ले कमायो ५३१ करोड

    काठमाडौं । शाहरुख खान स्टारर ‘जवान’ले भारतसहित अन्तर्राष्ट्रिय बजारमा आँधी ल्याएको छ । फिल्मको हिन्दी संस्करणले आइतबार (चौथो दिनसम्म) भारतीय बक्स अफिसमा २५२.०८ करोड भारु कमाएको छ ।

    बिहीबार ६५.५० करोड भारुको ओपनिङ गरेको फिल्मले आइतबार ७१.६३ करोड भारु कमायो । यो कमाइ कुनै हिन्दी फिल्मले एकैदिनमा कमाएको सर्वाधिक रकम हो । सोही अवधिमा तमिल र तेलुगू संस्करणमा फिल्मले ३४ करोड भारु कमाएको बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले जनाएका छन् ।

    साथै, ‘जवान’ छोटो समयमै २५० करोड भारु कमाउने पहिलो फिल्म बनेको छ । शाहरुखकै अघिल्लो फिल्म ‘पठान’ले २५० करोड भारु कमाउन पाँच दिन र ‘गदर २’ लाई ६ दिन लागेको थियो । तरण आदर्शका अनुसार सोमबार पनि जवानले भारतीय बक्स अफिसमा राम्रो कमाइ गर्ने संकेत मिलेको छ ।

    चार दिनमै ‘जवान’ले विश्व बजारमा ५३१ करोड भारु कमाएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । ‘पठान’पछि शाहरुखको अर्को फिल्मले विश्व बक्स अफिसमा ५०० करोड भारुको सफलता पाएको हो । अमेरिकामा ‘जवान’ले हलिउड फिल्महरु बार्बी र ओपेनहाइमरलाई पनि पछाडि पारेको जनाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend