logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • महाकालीमा हामफालेर एक जना बेपत्ता, खोजी कार्य जारी

    महाकालीमा हामफालेर एक जना बेपत्ता, खोजी कार्य जारी

    1.6K
    Shares
    महाकालीमा हामफालेर एक जना बेपत्ता, खोजी कार्य जारी

    काठमाडौँ । दार्चुलाको महाकाली नदीमा हाम फालेर एक जना व्यक्ति बेपत्ता भएका छन् ।
    महाकाली नगरपालिका वाड नं १ को लास्कु बस्ने ४५ वर्षीय ज्ञानीराम भुल महाकाली नदीमा हामफालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख तथा प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले सुनौलो नेपाललाई जानकारी दिए ।

    उनकाअनुसार बिहीबार बिहान भारत जान्छु भन्दै झोलुङ्गे पुलबाट पारीपट्टि पुगेका भुलले फर्किएर पुलको बीच भागबाट नदीमा हाम फालेका हुन् । बेपत्ता भएका भुलको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend