काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ६ सय रुपैयाँले बढ्दै १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको हो ।
यस्तै तेजाबी सुनको मूल्य समेत तोलामा ६ सय रुपैयाँले नै बढ्दै १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा १० रुपैयाँले बढ्दै आज प्रतितोला एक हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।