सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा महेशकुमार श्रेष्ठको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा महेशकुमार श्रेष्ठको उम्मेदवारी

काठमाडौँ । शालीन भद्र र स्वच्छ छबि भरिपुर्ण व्यक्तिको रुपमा परिचित महेशकुमार श्रेष्ठले ‘समुन्नत नेपाल, सम्मानित गैर आवासीय नेपाली’ भन्ने मुल नाराका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन् ।
शुक्रवार आयोजित एक भब्य समारोहकाबीच आगामी ०२३–२५ कार्यकालको लागि श्रेष्ठले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । बाग्लुङमा जन्मीएर पर्वतमा हुर्केबढेका श्रेष्ठले पछिल्लो ३० वर्षदेखि कर्मथलो भने जापान बनाउदै आएका छ्न । नेपालको रेमिट्यान्स बंैकिङ हाइड्रो ट्राभल्स र पर्यटन क्षेत्रमा ठुलो लगानी गरेका उनी जापानको बहुँचर्चित खायोगो युनिभर्सिटिको पिएचडी स्खलर समेत हुन ।
ठुलो सङ्ख्यामा उपस्थित एनआरएनका अभियान्ताकाबीच उमेदवारी घोषणा गर्दै श्रेष्ठले संघको २० वर्षे इतिहासमा बिगतको दुई वर्ष अगाडिको महाअधिवेशन सुखद हुन् नसकेको र त्यसपछि भएका विवादले धुमिलिएको एनआरएनको छविलाई पुरानै लयमा फर्काउदै सम्पूर्ण गैर आवासीय नेपालीलाई भावनात्मक एकतावद्ध गर्न संघको गरिमा पुन स्थापित गर्नु अहिलेको प्रमुख चुनौती र आवस्यकता दुवै भएको बताए ।
उनले भने, “नेपाल सरकार राजनीतिक दल निजी क्षेत्र विभिन्न सामाजिक संघ सस्थासँग कार्यगत एकता, बिदेश स्थित नेपाली कुटनितिक नियोगसँग समन्वय, विश्वभरका गैर आवासीय नेपालीसँग घनिभुत छलफल गर्दै समुन्नत नेपाल सम्मानित गैर आवासीय नेपाली निर्माण गर्न आफुले उम्मेदवारी दिएको छु ।”
यस्तै उनले सवल साझा र एकतावद्ध एनआरएनए परिणाममुखी पारदर्शी र समाबेशी एनआरएनए बनाउने आफ्नो प्रमुख प्राथमिकता हुने भन्दै आगामी दुई वर्षे कार्यकालमा पुरा गर्ने गरी ५ बुदे नितिगत प्राथमिकता सार्वजनिक गर्दै तीनलाई समयमै पुरा गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । एनआरएनएको ११ औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्वसम्मेलन आगामी असोज ३० गते देखि कात्तिक ३ गते सम्म काठमाडौँको सोल्टी होटलमा हुँदैछ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend