logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • अखाद्य मिठाई बेचेको भन्दै काठमाडौं महानगरले टिपटपलाई तिरायो २ लाख जरिवाना

    अखाद्य मिठाई बेचेको भन्दै काठमाडौं महानगरले टिपटपलाई तिरायो २ लाख जरिवाना

    3.4K
    Shares
    अखाद्य मिठाई बेचेको भन्दै काठमाडौं महानगरले टिपटपलाई तिरायो २ लाख जरिवाना

    काठमाडौं । काठमाडौं महानगरपालिकाले मिठाई पसल टिपटपलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ।

    सोमबार महानगरले काठमाडौं महानगरपालिका-१६ नगलस्थित टिपटप मिठाई पसललाई कारबाही गरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

    उनका अनुसार उक्त मिठाई पसलले अखाद्यान्न मिठाई बेचेको गुनासो आएको थियो।

    हिजो राती त्यहाँको ग्राहकले बिग्रिएको मिठाई बेचेको भनेर हामीलाई गुनासो गर्नुभएको थियो, उनले भने, सोही आधारमा गएर जाँच गर्दा खान योग्य नभएका मिठाई बेचेको भेटिएको हो।

    यस्तै, अबदेखि मिठाई बनाउँदा सरसफाइमा ध्यान दिन र खान योग्य नभएका मिठाई नबेच्न समेत सचेत गराइएको उनले बताए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend