logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको : अध्यक्ष नेपाल

    गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको : अध्यक्ष नेपाल

    2.5K
    Shares
    गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको : अध्यक्ष नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर राख्ने र गठबन्धनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको आरोप लगाए ।
    उनले भने, ‘गठबन्धन कम्जोर पार्नका लागि हाम्रोे पार्टीलाई बाहिर निकाल्नका लागि षड्यन्त्र भइरहेको छ, हामी कसैले तानेर गएको होइन, हामीलाई तानेर लगिएको हो । त्यसबाट होशियार हुनका लागि म सबैलाई आह्वान गर्न चाहन्छ ।’
    अहिलेको गठबन्धन निर्माणमा आफूहरुको अग्रणी भूमिका रहेकाले गठबन्धनलाई बलियो बनाउने जिम्मेवारी पनि आफूहरुको रहेको उनले बताए । उनले भने, ‘हामीले गठबन्धनलाई जोगाउने, बढाउने काममा भूमिका खेल्नुपर्छ । कमजोरी भएका छन् भने आलोचना गर्न सकिन्छ । बेठीक भए त्यसको आलोचना गर्न सकिन्छ । आलोचना गर्नु भनेको कमजोरीलाई सुधार गर्नका लागि हो, मिलेर अघि बढ्नका लागि हो ।’
    यसैगरी अध्यक्ष नेपालले आज गठबन्धनलाई धारे हात लगाएर यसलाई कमजोर पाने काम भइरहेको आरोप लगाए । व्याख्यात्मक घोषणाको रुपमा एमसीसी पास नगरेको भए नेपालको हात तल पर्ने र नेपालको स्वाभिमानले नतमस्तक हुनुपर्ने स्थिति आउने उनको भनाई थियो । अध्यक्ष नेपालले केही मानिसले अमेरिकी सहयोग परियोजना (एमसीसी) अस्वीकार गर्नुपथ्र्यो भने पनि त्यो व्यावहारिक नहुने जिकिर गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend