logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • विद्यालय बन्दका कार्यक्रम स्थगन गरेर वार्तामा आउन शिक्षक महासंघलाई आग्रह

    विद्यालय बन्दका कार्यक्रम स्थगन गरेर वार्तामा आउन शिक्षक महासंघलाई आग्रह

    3.4K
    Shares
    विद्यालय बन्दका कार्यक्रम स्थगन गरेर वार्तामा आउन शिक्षक महासंघलाई आग्रह

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासंघलाई विद्यालय बन्दका कार्यक्रम स्थगन गरेर वार्तामा आउन आग्रह गरेको छ ।
    मन्त्रालयका सहसचिव भगवान अर्यालले आज एक विज्ञप्ति जारी गर्दै महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । महासंघले अघि सारेका मागहरुलाई सकारात्मक रुपमा लिँदै सम्बोधन गर्न सरकार तयार रहेको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    “नेपाल सरकारले विद्यालय शिक्षा विधेयक, २०८० संसदमा दर्ता गरिसकेको छ । विधेयकलाई अन्तिम रुप दिनुअघि नेपाल शिक्षक महासंघका पदाधिकारीसँग विभिन्न चरणमा छलफल भएको र महासंघले पेस गरेको विद्यालय शिक्षक तथा कर्मचारीको पेशागत हकहितसँग सम्बन्धित सुझावहरुलाई यथाशक्य विधेयकमा समावेश गरिएको छ । नेपाल शिक्षक महासंघले उठाएका कतिपय मागहरु विधेयक पारित भएपश्चात तर्जुमा हुने नियमावली तथा नेपाल सरकारको नीतिगत निर्णयबाट समेत सम्बोधन हुने प्रकृतिका रहेका छन् । महासंघले अघि सारेका मागहरुलाई सकारात्मक रुपमा लिई यथोचित सम्बोधन गर्न नेपाल सरकार तयार नै छ ।
    अतः महासंघले आकस्मिक रुपमा संविधान दिवसको दिनबाट घोषणा गरेको विद्यालय बन्द र आन्दोलनका कार्यक्रम स्थगन गरी माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री ज्यूको संयोजगत्वमा मिति २०८० साल आश्विन २ गते दिउँसो ३ बजे मन्त्रालयमा हुने वार्तामा सहभागि हुन नेपाल शिक्षक महासंघलाई मन्त्रालय हार्दिक आग्रह गदर्छ ।” विज्ञप्तिमा भनिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend