logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • रास्वपाले वडासमितिको लागि पनि निर्वाचन मार्फत नेतृत्व चयन गर्ने

    रास्वपाले वडासमितिको लागि पनि निर्वाचन मार्फत नेतृत्व चयन गर्ने

    2.8K
    Shares
    रास्वपाले वडासमितिको लागि पनि निर्वाचन मार्फत नेतृत्व चयन गर्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वडा तहको समितिको लागि कात्तिक १० देखि १६ सम्म निर्वाचन मार्फत नेतृत्व चयन गर्ने भएको छ ।

    कार्यसमितिमा चयन हुनेहरुको नामावली कात्तिक २० गते सार्वजनिक गरिने रास्वपाले जनाएको छ ।

    रास्वपाको वडा समितिमा ११ जना हुने व्यवस्था छ । सभापति, उपसभापति, सचिव सहित सबै सदस्य निर्वाचित हुनुपर्नेछ । ११ जनामा दलित एक जना अनिवार्य गरिएको छ । महिला चार जना, ४५ वर्षुमनि उमेर समूहका ६ जना निर्वाचित हुनेछन् ।

    वडा तहको समितिका लागि समेत अनलाइनबाट उम्मेदवारी दिनुपर्ने व्यवस्था गरिएको छ । असोज २ देखि २० सम्म उम्मेदवार दर्ताका लागि आह्वान गरिएको छ । उम्मेदवार हुन १०० रुपैयाँ शुल्क तोकिएको छ । वडा समिति गठनका लागि आजदेखि वडा तहको भेला रोकिएको महामन्त्री मुकुल ढकालले जानकारी गराए ।

    वडामा रास्वपाको संगठन निर्माणको लागि गत असार १७ भित्र भेला मार्फत गठन भएका वडाहरुको असार मसान्त भित्र अद्यावधिक गर्ने सूचना जारी गरिएको थियो ।

    भेला आयोजना गर्ने र अद्यावधिक गर्ने म्याद दुई पटक थप भएको सहमहामन्त्री तथा संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend