शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

नेप्सेमा सूचीकृत भयो सन् नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ,कतिमा हुँदैछ कारोबार ?

नेप्सेमा सूचीकृत भयो सन् नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ,कतिमा हुँदैछ कारोबार ?

/fhwfgLsf] OGb«rf]sdf gfu k~rdLsf nfuL gfusf] kmf]6f] a]Rb} dlxnf . tl:j/ M lah' dxh{g, sflGtk'/

काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।

२ असोज मंगलबार नेप्से र सन् नेपाल लाइफ इन्स्योरेनसबीच सेयर सूचीकरण सम्झौता भएको हो । कम्पनीको सेयर नेप्सेमा सूचीकरण भएसँगै नेप्सेको अर्को कारोबार दिन बिहीबार कम्पनी सेयर दोस्रो बजारमा कारोबार सुरु गर्न सकिने भएको छ ।

सन् नेपाल लाइफ इन्स्योरेन्सको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य भएका ३ अर्ब २० करोड रुपैयाँ बराबरको ३ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । जसमध्ये ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण सेयर र २ अर्ब २४ करोड रुपैयाँ बराबरको २ करोड २४ लाख कित्ता संस्थापक सेयर हो ।

कम्पनीले ३२ साउनदेखि ४ भदौसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३९ प्रिमियम सहित कुल २३९ रुपैयाँ प्रतिकित्तामा आईपीओ निष्कासन गरेको थियो ।कम्पनीको सेयर नेपसेमा सूचीकृत भएसँगै बिहीबार नेप्सेको स्पेशल प्रि ओपन सेसनमा कारोबार कारोबार भएमा दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।

कम्पनीको सेयर पहिलो कारोबारका लागि नेप्सेले १५८ रुपैयाँ ४१ पैसादेखि ४७५ रुपैयाँ २३ पैसासम्म ओपनिङ रेञ्ज तोकेको छ ।नेप्सेले कम्पनीको पछिल्लो आर्थिक वर्षको लेखापरिक्षण भएको प्रतिवेदनको नेटवर्थदेखि नेटवर्थको ३ गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend