logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • प्रमुख राजनीतिक दलहरु देशप्रति जिम्मेवार हुनुपर्छः ओली

    प्रमुख राजनीतिक दलहरु देशप्रति जिम्मेवार हुनुपर्छः ओली

    1.6K
    Shares
    प्रमुख राजनीतिक दलहरु देशप्रति जिम्मेवार हुनुपर्छः ओली

    काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरु देशप्रति जिम्मेवार हुनुपर्ने बताएका छन् ।

    अध्यक्ष ओलीले देश गम्भिर संकटको अवस्थामा पुगेको उल्लेख गर्दै ती समस्याहरुलाई समाधान गर्न सबै राजनीतिक दलहरु एकजुट भएर अघि बढ्नुपर्ने समेत बताए ।

    मंगलवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवाष र संविधान’ विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले धरै प्रकारका खतराहरुबाट देश जेलिएको उल्लेख गर्दै त्यसबाट मुक्त गराउनु प्रमुख राजनीतिक दलहरुको कर्तव्य भएको पनि स्पष्ट पारे ।

    ओलीले संविधान निर्माणमा नेम्वाङले दिएको योगदानको सम्मान र प्रशंसा गर्दै आफ्नो पार्टीले मुलुकमा प्राप्त संवैधानिक र राजनीतिक अधिकार गुम्न नदिन नेतृत्वदायी भुमिका निर्वाह गर्ने बताए ।

    उनले नेम्वाङको अभावमा संविधान दिवस मनाउनुपर्ने दुखद् अवस्था आएकाले उनको स्मरणमा आफ्नो पार्टीले ‘सुवाष र संविधान’ विषयक प्रवचन कार्यक्रम आयोजना गरेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend