logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • टर्कीले भित्र्यायो जनवरीदेखि अगस्टसम्मै ३३.४ मिलियन विदेशी पर्यटक

    टर्कीले भित्र्यायो जनवरीदेखि अगस्टसम्मै ३३.४ मिलियन विदेशी पर्यटक

    3K
    Shares
    टर्कीले भित्र्यायो जनवरीदेखि अगस्टसम्मै ३३.४ मिलियन विदेशी पर्यटक

    काठमाडौँ । टर्कीले जनवरीदेखि अगस्टसम्म ३३.४ मिलियन विदेशी पर्यटकलाई देशमा भित्र्याएको छ । गत वर्षको तुलनामा १३.९५ प्रतिशतले पर्यटकमा वृद्धि भएको हो ।

    टर्कीको संस्कृति तथा पर्यटन मन्त्रालयले शुक्रवार यसबारेमा जानकारी गराएको थियो । टर्कीका लागि आर्थिक केन्द्रका रुपमा पर्यटकीय क्षेत्र हो । यस वर्षको पहिलो आठ महिनामा ११.५ मिलियन आगन्तुकहरुलाई आकर्षित गरेको मन्त्रालयले जनाएको छ ।

    भूमध्यसागरीय प्रान्त अन्ताल्या समुन्द्री तटका लागि परिचित छ । यहाँ यस वर्ष १०.२ मिलियन पर्यटक आएका छन् । त्यस्तै उत्तरपश्चिमी सीमावर्ती प्रान्त एडिर्नेले छिमेकी ग्रिस र बुल्गेरियाबाट ३.२ मिलियन पर्यटक भित्र्याएको छ । पछिल्लो ८ महिनामा रुस, जर्मनी र बेलायतबाट टर्की भ्रमण गरेका छन् ।

    टर्कीले २०२२ मा ५१.४ मिलियन पर्यटक भित्र्याएको थियो भने त्यसबाट ४६ बिलियन अमेरिकी डलर राजश्व जम्मा पारेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend