logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

    रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

    2.1K
    Shares
    रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट दिइएको आममाफी र जिल्लामा खटिएका नेताहरूले पेस गरेको रिपोर्टको समीक्षा गर्न बैठक बोलाएको छ ।

    बुधबार अपराह्न ४ बजे केन्द्रीय कार्यालय बालाजुमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्ने प्रवक्ता डा। मुकुल ढकालले जानकारी दिएका हुन् ।

    कानुन र संविधानको उपहास हुने गरी गम्भीर फौजदारी अभियोग लागेका व्यक्तिहरूले समेत आममाफी पाएकोमा रास्वपाको गम्भीर ध्यानाकर्षण भएको उनले बताए । ‘संविधान दिवसको अवसरमा राष्ट्रपतिले दिएको आममाफी र ऐतिहासिक दस्ताबेज लेखनका लागि जनताको आवाज सुन्न जिल्ला जिल्ला पुगेका नेताहरूले पेस गरेको रिपोर्टको सम्बन्धमा समीक्षा हुन्छ’, उनले भने ।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले असोज २ गते ६७० जनालाई बाँकी सजाय मिनाहा गरेका थिए । गम्भीर फौजदारी अभियोग लागेका अभियुक्तलाई समेत आममाफी दिएको चौतर्फी आलोचना भएको थियो ।

    यस्तै संविधान दिवसको अवसर पारेर रास्वपाले दस्ताबेज लेखनका लागि जनताको सुझाव लिन सभापति रवि लामिछानेसहित १९ जना नेताहरू जिल्लामा कटिएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend