logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • काठमाडौँमा दुई जना विशेषज्ञ डाक्टर सहित वरुण वेभरेज ल्यायो निशुल्क क्लिनिक संचालनमा

    काठमाडौँमा दुई जना विशेषज्ञ डाक्टर सहित वरुण वेभरेज ल्यायो निशुल्क क्लिनिक संचालनमा

    9.8K
    Shares
    काठमाडौँमा दुई जना विशेषज्ञ डाक्टर सहित वरुण वेभरेज ल्यायो निशुल्क  क्लिनिक संचालनमा

    सुनौलो नेपाल –  काठमाडौँ ३२ पेप्सीकोलाको पुरानो सिनामंगलमा सर्वसाधारणलाई निशुल्क सेवा उपलब्ध गराउने गरी आरु क्लिनिक संचालनमा आएको छ।

    पेप्सी लगायत बिभिन्न पेय पदार्थ उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी वरुण वेभरेज प्रालिले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत पुरानो सिनामंगलमा दुई जना विशेषज्ञ डाक्टर र नर्स राखेर दिनभरी सर्वसाधारणलाई सेवा दिने गरी निशुल्क क्लिनिक संचालनमा ल्याएको हो।

    क्लिनिकको उद्घाटन कार्यक्रममा बोल्दै वरुण वेभरेजका लागी नेपाल प्रमुख बिशाल सिंह ठाकुरले बयोधा हस्पिटलसंगको सहकार्यमा वरुण वेभरेजका अध्यक्ष र श्रीमती धारा जयपुरियाको तर्फबाट आम जनतालाई निशुल्क सेवा प्रवाह गर्ने गरी आरु क्लिनिक संचालनमा ल्याएको बताए ।

    त्यस्तै क्लिनिक उद्घाटन कार्यक्रममा काठमाडौँ महानगरपालिका स्वास्थ्य सेवा विभागका प्रमुख राम प्रसाद पौडेलले बरुण ग्रुपले एकदमै राम्रो शुरुवात गरेको र अरु कम्पनीले यसबाट सिक्नु पर्ने भन्दै आरु क्लिनिक वातावरण नै बिरामीलाई आधा रोग निको पार्ने खालको रहेको बताए।

    सामाजिक उत्तरदायित्व अन्तरगत जहाँ उद्धोग हुन्छ त्यहाँ नजिकका जनतालाई निशुल्क स्वास्थ्य सेवा भन्ने अवधारणा अनुसार वरुण वेभरेजले निशुल्क क्लिनिक संचालन ल्याएको जनाउदै आरु क्लिनिक संचालन गर्न काठमाडौँ महानगरपालिकाले निकै सहयोग गरेर तीन दिनमै लाइसेन्स दिएको भन्दै कम्पनीमा महाप्रवन्धक रबिन्द्र पाण्डेले काठमाडौँ महानगरपालिकालाई धन्यवाद ब्यक्त गरे।

    कार्यक्रममा वरुण वेभरेज प्रालिका उपाध्यक्ष दिनेश मित्तल, फ़ाइनाइन्स डाइरेक्टर संजिव वरोरा त्यस्तै अप्रेसन हेड बिनोद सिंह लगायत कम्पनीका उच्च पदस्थ कर्मचारीको उपस्थिति रहेको थियो।

    वरुण वेभरेजले नेपालका दुई स्थानमा उद्योग स्थापना गरी पेप्सी, स्लाइस, माउन्टेन ड्यू, मिरिन्डा, सेभेन खानेपानी लगायत पेय पदार्थ उत्पादन गर्दै आएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend