logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न आग्रह

    सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न आग्रह

    949
    Shares
    सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न आग्रह

    खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न जिल्लावासीलाई आग्रह गरेको छ ।

    प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको अध्यक्षतामा बुधबार बसेको सर्वपक्षीय भेलाले सो आग्रह गरेको हो ।

    भेलामा सहभागीले सामाजिक सञ्जालमा व्यक्तिगत चरित्र हत्या गर्ने, अवाञ्छित गतिविधिमा लागेका व्यक्तिलाई बल पु¥याउनेलगायतका गतिविधि प्रति चिन्ता व्यक्त गर्दै यसलाई निरुत्साहन गर्न जोड दिएका थिए ।

    भेलामा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला निकाय, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

    भेलाले जिल्लामा क्रियाशील पत्रकार र सञ्चारमाध्यमबाट सबैमा सकारात्मक सन्देश जाने खालका सूचना तथा सामग्री प्रकाशन गराउने पनि निर्णय गरेको छ ।

    भेलामा सहभागी पत्रकारले पनि सामाजिक सद्भाव कायम गर्न आफूहरुको तर्फबाट आवश्यक भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।

    रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend