logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमालेको कर्णाली प्रदेश प्रथम अधिवेशनको बन्द सत्र आज, शुक्ररबारदेखि चुनावी प्रक्रिया सुरु हुने

    एमालेको कर्णाली प्रदेश प्रथम अधिवेशनको बन्द सत्र आज, शुक्ररबारदेखि चुनावी प्रक्रिया सुरु हुने

    3.3K
    Shares
    एमालेको कर्णाली प्रदेश प्रथम अधिवेशनको बन्द सत्र आज, शुक्ररबारदेखि चुनावी प्रक्रिया सुरु हुने

    सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनको बन्द सत्र आज बिहान ११ बजेदेखि सुरु हुने भएको छ ।

    बुधबारदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा उद्घाटन भएको अधिवेशनको बन्द सत्र आजबिहान ८ बजेदेखि नै सुरु गर्ने तय भए पनि कार्ड छपाइमा ढिलो हुँदा पछि सारिएको प्रचार विभाग प्रमुख सूर्यमणी गौतमले जानकारी दिए ।

    उनका अनुसार बन्द सत्रमा महासचिव शङ्कर पोखरेलले अधिवेशनको विषयमा सम्बोधन गर्नेछन् । अधिवेशनको बन्द सत्रमा अध्यक्ष विनोदकुमार शाहले राजनीतिक र सचिव टेकराज पछाईले संगठनात्मक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेका छ । त्यसपश्चात् ती प्रतिवेदनहरूमा छलफल चल्ने र निर्वाचनको प्रक्रिया भोलि बिहानबाट सुरु हुँनेछ ।

    प्रदेशको नेतृत्व सकेसम्म सर्वसम्मतिबाट नै गर्न अध्यक्ष केपी शर्मा ओलीले बुधबार उदघाटन सत्रमा निर्देशन दिइसकेका छन् ।

    ओलीले प्यानल बनाएर चुनाव नलड्न निर्देशन दिए पनि कणर्लीमा दुईवटा प्यानल नै बनाएर नेताहरु निर्वाचनमा होमिन लागेको एमालेका नेताहरु नै बताउँछन् ।

    स्थायी कमिटी सदस्य यामलाल कँडेल समूहबाट गुलावजंग शाह र गोरख बोगटी समूहबाट मीनबहादुर शाही अध्यक्ष लड्ने चर्चा छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend