logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • एकैदिन प्रतितोला १ हजार चार सय रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    एकैदिन प्रतितोला १ हजार चार सय रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    2.3K
    Shares
    एकैदिन प्रतितोला १ हजार चार सय रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा बिहीबार पनि सुन–चाँदीको मूल्य घटेको छ।

    बुधबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार चार सय रुपैयाँ घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

    बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

    बुधबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेको हो।

    आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend