logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • ‘बर्थिङ सेन्टर’ नहुँदाको सास्ती

    ‘बर्थिङ सेन्टर’ नहुँदाको सास्ती

    2.4K
    Shares
    ‘बर्थिङ सेन्टर’ नहुँदाको सास्ती

    कञ्चनपुर । बर्थिङ सेन्टर (प्रसूति गृह) नहुँदा शुक्लाफाँटा नगरपालिका–१२ का महिलाले सास्ती खेप्नु परेको छ । प्रसूति हुनका लागि उनीहरुलाई टाढाका बर्थिङ सेन्टरमा लैजानुपर्ने बाध्यता रहेको छ ।

    नगरपालिकाकै दुर्गम वडाका बासिन्दाले बर्थिङ सेन्टर सञ्चालनका लागि माग गर्दै आए पनि सुनुवाइ हुन सकेको छैन । प्रसूति हुनेलाई एम्बुलेन्समार्फत परिवारजनले बन्साहा, देखतभूलीलगायतका क्षेत्रमा पुरयाउने गरेका छन ।

    एम्बुलेन्स नपाउँदा घरमै जोखिम मोल्दै सुत्केरी हँुदै आएको स्थानीय लक्ष्मीदेवी विकले बताउनुभयो । “एम्बुलेन्सका लागि आर्थिक अवस्था कमजोर भएका व्यक्तिले खर्चको जोहो मिलाउन सक्दैनन्”, उहाँले भन्नुभयो, “घरमै प्रसूति हुनुपर्ने बाध्यता छ, धेरैले गाउँ टोलमा रहेका बचत समूहबाट ऋण निकालेर भए पनि प्रसूतिका लागि टाढाको बर्थिङ सेन्टरमा पु¥याउने गरेका छन् ।”

    जटिल प्रकृतिको प्रसूतिका लागि कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा रहेका अस्पतालमा पु¥याउनु पर्ने अवस्था रहेको उहाँले बताउनुभयो । “वडामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि आधारभूत स्वास्थ्य चौकी बनेको छ”, स्थानीय कृष्णबहादुर बमले भन्नुभयो, “प्राथमिक उपचार गाउँमै पाएका छौँ तर प्रसूति हुनेका लागि व्यवस्था नहुँदा निकै अप्ठेरो रहेको छ ।”

    आधारभूत स्वास्थ्य केन्द्रमा एक जना अनमी, एक जना अहेव र एक जना कार्यालय सहयोगी कार्यरत रहेका छन् । “प्रसूति गृह तत्काल सञ्चालनका लागि भौतिक पूर्वाधारको व्यवस्था रहेको छ”, वडाध्यक्ष नवलसिंह रानाले भन्नुभयो, “प्रसूति गराउनका लागि तालिम प्राप्त दक्ष अनमी पनि छन्, सञ्चालनको अनुमति नदिँदा अन्यौलामा रहेका छौँ ।”

    बर्थिङ सेन्टर सञ्चालनका लागि अनुमतिसँगै आवश्यक औजार, औषधिलगायतको व्यवस्था गरिनुपर्ने उहाँले बताउनुभयो । आधारभूत स्वास्थ्य चौकीका अहेव गणेश रानाका अनुसार गर्भ चेकजाँच गराउन आउने महिलाको सङ्ख्या वर्षमा दुई सय बढी रहने गरेको छ । “स्वास्थ्य चौकीमा गर्भ चेकजाँच र प्रसूतिपछिका सेवा स्वास्थ्य चौकीबाट दिँदै आएका छौँ”, उहाँले भन्नुभयो, “बर्थिङ सेन्टरको व्यवस्था नहुँदा प्रसूति हुनेलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता छ ।”

    नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमानन्द भट्टले तत्काल बर्थिङ सेन्टर थप्ने योजना नरहेको बताउनुभयो । “सञ्चालनमा रहेका बर्थिङ सेन्टरलाई व्यवस्थित गर्ने योजना छ”, उहाँले भन्नुभयो, “थप्ने योजना रहेको छैन, वडाले बजेटको व्यवस्थापन गरे बर्थिङ सेन्टर सञ्चालनमा ल्याउन सकिन्छ ।”

    उहाँका अनुसार बर्थिङ सेन्टर सञ्चालनका लागि नर्सिङ स्टापसहित चार जना कर्मचारी आवश्यक पर्दछन । सर्जिकल सामग्रीको व्यवस्थापन गर्नुपर्छ । त्यसका लागि अहिले बजेट अभाव रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend