logo

२०८१ जेष्ठ ९ बुधबार

logo
  • बुधबार, ९ जेष्ठ २०८१
  • डोटीको सिलगढी खानेपानीमा दिशामा पाइने किटाणु भेटियो

    डोटीको सिलगढी खानेपानीमा दिशामा पाइने किटाणु भेटियो

    1.9K
    Shares
    डोटीको सिलगढी खानेपानीमा दिशामा पाइने किटाणु भेटियो

    डोटी । डोटीको जिल्ला सदरमुकाम सिलगढीका उपभोक्ताले प्रयोग गर्ने खानेपानीको मुहानदेखि उपभोक्ताले थापेको पानीको गाग्रीसम्मै दिशामा पाइने किटाणु भेटिएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय डोटीले गरेको परीक्षणमा सिलगढीमा आउने पानीको मुहानदेखि उपभोक्ताको घरको गाग्रीसम्मका सात वटा नमुना संकलनगरी परीक्षण गर्दा सबैमा दिशामा पाइने टिकाणु भेटिएको स्वास्थ्य कार्यालय डोटीका ल्याव टेक्नीसियन निरीक्षक शुसिलराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार सिलगढीमा आउने पानीमा अत्यधिक धमिलो हुनुका साथै दिशामा पाइने किटाणु भेटिएको छ, सावधानी अपनाउन जरुरी छ ।

     

    स्वास्थ्य कार्यालयका अनुसार सिलगढीमा आउने पानीको मुहान मछेन्तोलामा ३, खानेपानी ट्यांकी सिलगढीमा ३, धारामा २ र गाग्रीमा १ कोलिफम देखिएको पानीमा धमिलोपन मछेन्तोलामा ३५, ट्यांकीमा २०, धारामा १५ र गाग्रीमा १३ देखिएको छ । जनावर वा मान्छे कसको दिशा हो भन्ने पहिचान नभएको तर दिशामा पाइने किटाणु भेटिएको स्वास्थ्य कार्यालयका ल्याब असिष्टेन्ट निर्मल ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दिशा के को हो हामीले छुट्टाउन सक्दैनौँ तर पानीमा दिशामा पाइने किटाणु भेटिएको छ, हामी नगरपालिकालाई रिपोर्ट पठाउछौँ ।’

     

    सिलगढीमा आउने पानीमा कोलिफम देखिएको खानेपानी उपभोक्ता समितिका कार्यालय प्रमुख रामचन्द्र धामीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पानीमा कोलिफमको मात्रा बढ्ने बित्तिकै हामीले क्लोरिन हाल्ने गरेको छौँ, किटाणु मान्छे दिशामा पाइने नभइ बस्तुभाउ र जंगली जनावरको पनि हुन सक्छ ।’

    उक्त पानीमा कोलीफम भेटिएका कारण नउमालेर वा निर्मलीकरण नगरि सिधै प्रयोग गर्दा झाडापखाला, हैजा तथा विभिन्न प्रकारका पानी जन्य रोगहरुको सङ्क्रमण हुने खतरा रहेको स्वास्थ्य कार्यालय डोटीका ल्याव टेक्नीसियन निरीक्षक जोशीले बताउनुभयो । पानी उमालेर वा क्लोरिन हालेको पानी मात्रै प्रयोग गर्न उहाँले सुझाब दिनुभयो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend