logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • घट्यो अमेरिकी डलरको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

    घट्यो अमेरिकी डलरको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

    4.4K
    Shares
    घट्यो अमेरिकी डलरको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । बिहीबार अमेरिकी डलरको भाउ घटेको छ।

    नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४६ पैसा कायम गरिएको छ।

    बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४८ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको २ पैसा घटेको हो।

    आज युरोपियन युरो एकको खरिदमा भने १४० रुपैयाँ २२ पैसा र बिक्रीमा १४० रुपैयाँ ८५ पैसा पाइन्छ।

    त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रुपैयाँ ६१ पैसा र बिक्रीमा ८४ रुपैयाँ ९९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ १६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ६० पैसा पाइन्छ।

    बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ०५ पैसा तोकिएको छ।

    यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५८ पैसा तोकेको छ।

    युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ २२ पैसा र बिक्रीमा २८ रुपैयाँ ३५ पैसा पाइन्छ।

    बिहीबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ६६ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ६० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ०१ पैसा तोकिएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend