logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • इमान्दार शिक्षकले भोग्ने पीडालाई देखाएका छौँः अभिनेता सापकोटा

    इमान्दार शिक्षकले भोग्ने पीडालाई देखाएका छौँः अभिनेता सापकोटा

    2.6K
    Shares
    इमान्दार शिक्षकले भोग्ने पीडालाई देखाएका छौँः अभिनेता सापकोटा

    काठमाडौँ । नेपाली चलचित्रमा केही समय यता कथाको शैलीमा परिवर्तन आएको छ । कथाको आकर्षणले अभिनेतालाई चरित्र निर्वाह गर्न बाध्य बनाउने अभिनेता भोलाराज सापकोटाले बताउनुभएको छ । उहाँले चलचित्र ‘कौसीद’ को भूमिका सुनेपछि काम गर्न सहमत भएको बताउनुभयो । चलचित्रमा इमान्दार शिक्षकले भोग्ने पीडा देखाइएको उहाँले बताउनुभयो ।

    भारतमा ‘वर्फी’ चलचित्रमा काम गरेपछि चर्चामा आउनु भएका अभिनेता सापकोटा नेपाली चलचित्र र रङ्गमञ्चको स्थापित नाम हो । “मैले नेपाली रङ्गमञ्चमा काम नगरेको होइन, तर बलिउडको प्रभाव बढी भएकाले अभिनेता रणवीर कपूरका साथी भनेर चिनारी पाएको छु । नेपाली नाटक प्रेमीले मलाई विभिन्न नाटकका पात्रको रुपमा चिन्नुहुन्छ”, अभिनेता सापकोटाले भन्नुभयो, “रङ्गमञ्चमा सिकिएका कुरा चलचित्रमा प्रयोग गर्न नपाउँदा कहिलेकाहीँ खल्लो लाग्छ । त्यस समयमा निर्देशकको कलाकार (डिरेक्टर्स एक्टर) भइदिन्छु ।”

    केही चलचित्रमा आफ्नो पात्रलाई निर्माण गर्न नपाउँदा निर्देशकका अनुसार काम गरेको उहाँले बताउनुभयो । अभिनेता सापकोटाले भन्नुभयो, “मैले देखेका थुप्रै शिक्षकमार्फत प्रभावित भएर कौसीदको पात्र बन्न तयार भएको हुँ ।” चलचित्रमा उहाँले इमान्दार शिक्षकको भूमिका निर्वाह गर्नुभएको छ ।

    श्रीमती र आफन्तको अनुरोधमा बैंकबाट ऋण लिएर घर निर्माण गरेपछि अचानक बढ्ने ब्याजदरले निम्त्याउने समास्या चलचित्रमा देखाइएको छ । उहाँले इमान्दार भएर सामना गर्नुपर्ने कठिनाइलाई चलचित्रमा देखाइएको बताउनुभयो ।

    चलचित्रको कथासार मन परेपछि चरित्र निर्माणमा उहाँ स्वयम् खटिनुभएको थियो । “प्राय निर्देशकले नै पात्रलाई तयार गर्नुहुन्छ । मसँग केही उदाहरण भएकाले मैले प्रयोग गर्ने अनुमति मागे र पाए पनि । यस्ता चलचित्रले अप्ठ्यारो स्थितिमा पनि संयमता गुमाउनु हुदैन भन्ने सन्देश दिन्छ । यो हाम्रै समाजमा घटिरहने एउटा कथा हो”, अभिनेता सापकोटाले भन्नुभयो ।

    कुमार भास्करले निर्देशन गर्नुभएको चलचित्रमा अभिनेता सापकोटासँगै ऋचा शर्मा, रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई, सन्दिप लोहनीलगायत कलाकारले अभिनय गर्नुभएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend