logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • ६ भदौको सहमतिअनुसार सुन तस्करी जाँचबुझ आयोग गठन गरियोस्ः रास्वपा

    ६ भदौको सहमतिअनुसार सुन तस्करी जाँचबुझ आयोग गठन गरियोस्ः रास्वपा

    2.9K
    Shares
    ६ भदौको सहमतिअनुसार सुन तस्करी जाँचबुझ आयोग गठन गरियोस्ः रास्वपा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुन तस्करीको अनुसन्धान गर्नका लागि जाँचबुझ आयोग गठन गर्न सरकार, सत्तारुढ दलहरु र प्रमुख प्रतिपक्षी नेकपा एमालेको ध्यानाकर्षण गरेको छ ।

    बुधबार बसेको पार्टीको केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकले दलहरुका बीचमा भएको सहमति अनुसार आयोग गठन नभएकोमा असन्तुष्टि जनाएको छ ।

    गत भदौ ६ गते राष्ट्रिय मान्यता प्राप्त ७ दलबीच सुन तस्करी प्रकरणको थप छानबिनका लागि असोज ५ गते उच्चस्तरीय समिति बनाउने सहमति भएको थियो ।

    तर कार्यादेशका सम्बन्धमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेका बीचमा विवाद भएपछि आयोग गठन हुन सकेको छैन । यससम्बन्धमा विज्ञप्तिमार्फत आयोगले भनेको छ, ‘सरकारले निर्धारित मितिमा समिति गठन नगरेर सहमति उल्लंघन गरेको छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend