बझाङ । बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको बित्थडचिर गाउँपालिका–९ उडीकी ४५ वर्षीया गौमतीदेवी बोहराको शनिवार गाँजो (खर) काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।
गाँजो काट्न गएकी बोहराको बिहान भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको बित्थडचिर गाउँपालिका–९ का वडा अध्यक्ष हरिचन्द्र जोशीले बताए ।
बोहरा भिरबाट अन्दाजी ३ ४ सय मिटर तल खसेकी थिइन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।