logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपाल समाजवादी पार्टी,(नेसपा) को बैठक जारी

    नेपाल समाजवादी पार्टी,(नेसपा) को बैठक जारी

    2.6K
    Shares
    नेपाल समाजवादी पार्टी,(नेसपा) को बैठक जारी

    काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईको अध्यक्षतामा केन्द्रीय कार्यकारिणी समितिको बैठक बसिरहेको छ । पार्टी एकताको विषयमा अन्तर्विरोध चर्किएकै बेला भट्टराईले बैठक बोलाएका हुन् ।

    भट्टराईको अध्यक्षमा सोमबार दिउँसो १ बजेदेखि पार्टी कार्यालय तीनकुनेमा बैठक जारी रहेको सचिवालयका एक सदस्यले जानकारी दिए । मंगलबारसम्म चल्ने बैठकमा पार्टी एकता, महाधिवेशनको तयारी, पार्टी निर्माण, जबस र विभाग गठनलगायतबारे छलफलको एजेण्डा रहेको ती सदस्यले जानकारी दिए ।

    यस्तै सरकारले गरेको काम र पार्टी गठन भएपश्चातको समीक्षा पनि हुने ती सदस्यले बताए । उनका अनुसार मुलत बैठकले पार्टी एकताको विषयमा ठोस निर्णय गर्ने छ । ‘पार्टी एकताको विषयमा बैठकले निर्णय गर्छ । नेसपालाई थप बलियो बनाउने, संगठन निर्माण, विभाग गठन लगायत विषयमा छलफल जारी छ’, ती सदस्यले भने ।

    पछिल्लो समय माओवादी केन्द्रसँग पार्टी एकता गर्ने विषयमा अध्यक्षद्वय भट्टराई र महिन्द्रराय यादव समूहबीच मतभेद बढ्दै गएको छ । भदौ ३० गते बसेको माओवादी केन्द्रीय कार्यालय बैठकले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको थियो ।

    सोही निर्णयअनुसार भट्टराईलाई बाइपास गरेर माओवादीले यादवलाई पत्र पठाएपछि नेसपाभित्र अन्तर्विरोध चर्किएको छ । यादव पक्ष पूर्वसहमति अनुसार माओवादीसँग पार्टी एकताको पक्षमा रहेको छ भने भट्टराई पक्ष माओवादीबाट धोका भएको भन्दै यथास्थितिमा एकताको पक्षमा देखिएको छैन । एकताबारे पार्टीमा तीव्र मतभेद रहेको सन्दर्भमा बसेको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend