logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • विद्यालय शिक्षा विधेयक निजी विद्यालयलाई पाल्न त आएको होइन : प्रदीप यादव

    विद्यालय शिक्षा विधेयक निजी विद्यालयलाई पाल्न त आएको होइन : प्रदीप यादव

    1.4K
    Shares
    विद्यालय शिक्षा विधेयक निजी विद्यालयलाई पाल्न त आएको होइन : प्रदीप यादव

    काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालका सांसद प्रदीप यादवले विद्यालय शिक्षा विधेयक, २०८० पुनः लेखनको आवश्यकता रहेको बताउनुभएको छ ।

    शुक्रबार विद्यालय शिक्षा विधेयक, २०८० मा भग लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शिक्षा विधेयक संवेदनशील विषय भएको भन्दै विधेयक सोचेर बनाउनुपर्ने बताउनु भयो । उहाँले विधेयकमा व्यापक हेरफेर गर्न र व्यापक संशोधन हाल्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले विधेयक निजी विद्यालयलाई पाल्नका लागि त आएको होइन ? भन्दै प्रश्न गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘शिक्षा विधेयक संवेदनशील विषय हो । यो विधेयक यस्तो बन्नुपर्छ की आमाको गर्भमा बच्चा जब रहन्छ, मृत्यु नहुन्जेलसम्म शिक्षा विधेयकले उसको अधिकारलाई सुनिश्चित गर्छ । यो विधेयक सोचेर बनाउनु पर्छ । यो विधेयकको पुनः लेखनको आवश्यकता छ । किनभने यसमा व्यापक हेरफेर गर्न जरुरी छ । यसमा व्यापक संशोधन हाल्न जरुरी छ ।

    यो विधेयक झट्ट हेर्दा कहीँ निजी विद्यालयलाई पाल्नका लागि त आएको होइन, सामुदायिक विद्यालय बिस्थापन गर्न त आएको होइन ? मैले महशुस गरेको छु । निजी विद्यालयले एक दिन आन्दोलन गर्दा घुँडा टेकेको सरकार सामुदायिक विद्यालयले आन्दोलन गर्दा लाठी चार्ज गर्न बाध्य किन भयो त ? सल्लाह सुझाव लिएको भए त्यस्तो स्थिति आउँदैन थियो कि । शिक्षकहरुको आन्दोलन त जायज थियो, त्यसैले सम्झौता गरेको हो । सरकारले शिक्षकहरुसँग गरेको सम्झौता अक्षरशः पालना गर्नुपर्छ ।’ उहाँले सरकारले शिक्षकहरुसँग गरेको सम्झौता अक्षरशः पालना हुनुपर्ने बताउनु भयो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend