
काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्यालेस्टायन–इजरायल तनाव बढ्नसक्ने भएकाले सरकार सतर्क हुनुपर्ने बताएका छन् ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको मंगलबार बसेको बैठकमा माओवादी सांसद पुनले त्यहाँको अवस्था अहिले पनि असाध्यै तरल रहेको बताए । यो तनाव विस्तार पनि हुनसक्ने भन्दै उनले भने, ‘छिमेकी देशहरुसँग पनि सम्बन्ध बनाइराख्नुपर्छ, आवश्यक पर्दा सबैलाई उद्धार गर्न सक्ने भएर बस्नुपर्छ ।’
कोरोना महामारीको समयमा समयमा पूर्वतयारी नगर्दा अप्ठ्यारो भएको घटनाबारे पाठ सिकेर सरकारले वैकल्पिक योजनाहरुमा काम गरिराख्नुपर्ने सांसद पुनले बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend