logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • भ्रष्टाचार रोक्न व्यक्तिको मानसिकता बदल्नुपर्छ : मन्त्री शर्मा

    भ्रष्टाचार रोक्न व्यक्तिको मानसिकता बदल्नुपर्छ : मन्त्री शर्मा

    1.8K
    Shares
    भ्रष्टाचार रोक्न व्यक्तिको मानसिकता बदल्नुपर्छ : मन्त्री शर्मा

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रष्टाचार रोक्न व्यक्तिको मानसिकता बदल्नु जरुरी रहेको बताउनुभएको छ ।
    बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री शर्माले भ्रष्टाचार रोक्नका लागि व्यक्तिको मानसिकता बदल्नु आवश्यक रहेको बताउनुभएको हो । उहाँले सार्वजनिक लाभको पदमा बसेका व्यक्तिहरुको मानसिकताका कारण भ्रष्टाचार भइरहेको बताउनुभयो ।
    उहाँले भ्रष्ट मानसिकतालाई बदल्ने कुरा नै अहिलेको प्रमुख चुनौति रहेको बताउनु भयो । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार रोक्ने नभइ कारबाहीको दायरामा ल्याउने कुरामा सबै स्पष्ट हुनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो – ‘सबभन्दा पहिले हाम्रो माइण्ड सेट नै हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार रोकिदिने होइन । भ्रष्टाचार गरिसकेपछि यस्तो हुन्छ है, भन्ने कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको मान्छेलाई यसरी छोड्दैन ।

    कारबाही गर्छ र ऊ कारबाहीको दायरामा पर्नुपर्छ भन्ने कुराको व्यवहारिक रुपमा पुष्टि गरिदिन्छ । त्यो भरपर्दो हुन्छ । विश्वसनीय हुन्छ र अर्को व्यक्तिले गर्न सक्दैन भन्ने कुरा हो । न्युनिकरण हुन्छ भन्ने कुरा मात्रै हो । रोक्ने र न्युनिकरण गर्ने भन्ने कुरा त जो सार्वजनिक लाभको पदमा जान्छ उहीँ व्यक्तिको माइन्डसेटकै कुरा मुख्य कुरा हो । त्यसकारण माइन्डसेट बदल्ने कसरी हो त्यहीँ नै हाम्रो प्रमुख चुनौती छ ।

    त्यो सँगसँगै कानूनहरु कार्यान्वयन गर्ने, प्रभावकारी बनाउने र अगाडी बढ्ने कुराले महत्वपूर्ण भुमिका राख्छ भन्ने म पनि ठान्दछु ।’ उहाँले मन्त्रिपरिषद्ले गर्ने सबै निर्णयहरुलाई नीतिगत निर्णयको रुपमा हेर्नु गलत भएको भन्दै यसलाई सच्याउनुपर्ने बताउनु भयो । मन्त्रिपरिषद्ले गरेका निर्णयहरु नीतिगत हुन् वा अन्य निर्णय हुन् भन्नेमा भेद छुट्याउनुपर्ने बताउनु भयो । मन्त्रिपरिषद्ले गर्ने नीतिगत निर्णयलाई ठोस र मूर्त गर्नु जरुरी रहेको उहाँले बताउनु भयो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend