logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • एकीकृत समाजवादीको जागरण अभियान सुदूरपश्चिममा

    एकीकृत समाजवादीको जागरण अभियान सुदूरपश्चिममा

    3.5K
    Shares
    एकीकृत समाजवादीको जागरण अभियान सुदूरपश्चिममा

    कैलाली । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को जागरण अभियान सुदूरपश्चिम पुगेको छ । मेची–महाकाली ‘समाजवादी जागरण अभियान २०८०’ बिहीवार सुदूरपश्चिम पुगेको हो ।

    कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा विहीवार कार्यक्रम गरिदैछ । बुधवार बर्दियाको गुजरिया पुगेको अभियान बिहिवार कैलाली पुगेको हो । एकीकृत समाजवादीले विभिन्न पाँच प्रदेशमा समाजवाद जागरण अभियान सम्पन्न गरेको छ । काँकडभिट्टाबाट सुरु गरेको सो अभियान कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सम्पन्न गरेको हो।

    पार्टीका नीति सिद्धान्त, कार्यदिशा तथा समाजवादको दयगतमा जनतालाई बुझाउन अभियान सञ्चालन गरिएको पार्टीले बताउने गरेको छ । अभियानअन्तर्गत देशको राजनीतिक परिस्थिति, भ्रष्टाचार, बेथितिको अवस्था र गरिबी न्यूनीकरणका लागि पार्टीको योजना’दयगत जनतामा जागरण फैलाइनाका साथै जनताको घरदैलोमा पुगेर आर्थिक, राजनीतिक र सामाजिक सुरक्षाका विषयमा सुझाव सङ्कलन गर्ने काम समेत भईरहेको छ ।

    पूँजीवादको विकल्पमा समाजवादको कार्यान्वयनमा जोड दिएको अभियानले जनताका सुझाव संकलन गरी क्रान्तिकारी समाजवादी नीति निर्माणमा पार्टीको उदेश्य रहेको छ । पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजमा रहेको विद्धमान वर्गीय शोषणको अन्त्यका निम्ति समाजवादी शासन व्यवस्था अनिवार्य रहेको बताए । १४ असोजबाट सुरु भएको अभियान २९ असोजमा समापन हुदैछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend