logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • ठेक्का लिएर समयमै काम सम्पन्न नगर्ने ठेकेदार बिरुद्ध उत्रिए जोरायलका युवाहरु

    ठेक्का लिएर समयमै काम सम्पन्न नगर्ने ठेकेदार बिरुद्ध उत्रिए जोरायलका युवाहरु

    5.1K
    Shares
    ठेक्का लिएर समयमै काम सम्पन्न नगर्ने ठेकेदार बिरुद्ध उत्रिए जोरायलका युवाहरु

    विमल विष्ट

    काठमाडौँ । सडक, स्वास्थ्य भवन, बिद्युत लगायतका विभिन्न भौतिक संरचनाहरुको निर्माणको ठेक्का लिने तर समयमै काम सम्पनन नगरी अलपत्र अवस्थामा छोड्ने ठेकेदारका विरुद्धमा डोटीका युवाहरु आन्दोलित भएका छन् ।

    यसैसिलसिलमा डोटीको जोरायलमा सडक तथा स्वास्थ्य भवन निर्माणको जिम्मा पाएर पनि काम सम्पन्न नगर्ने राजेन्द्र निर्माण सेवा कम्पनी धनगढीका बिरुद्ध युवाहरु आन्दोलित भएका छन ।

    उनीहरुले निज निर्माण सेवाले जिम्मा लिएको काम वर्षौ बितिसक्दा समेत सम्पन्न नगरेको भन्दै आन्दोलनका लागि हस्ताक्षर अभियान समेत सञ्चालन गरेका जोरायलका स्थानीय युवा तथा संघर्ष समितिका सह संयोजक केशवनारायण जोशी बताउनुभयो । उहाँले भन्नुभयो, ‘भौतिक निर्माणका कामको जिम्मा लिने तर वर्षौ सम्म काम अल्पत्र पर्नेका बिरुद्धमा हामी आन्दोलन गर्ने भएका छौँ, अब युवाहरु नजागे ठेकेदारले समयमै काम सम्पन्न गर्लान जस्तो छैन् ।’

    राजेन्द्र निर्माण सेवा कम्पनी धनगढीले यहाँको बुडर–जोरायल सडक कालोपत्रे योजना र प्राथमिक स्वास्थ्य केन्द्र जोरायलको भवन निर्माण कार्य समयमा सम्पन्न नगरेका कारण युवाहरु आक्रेसित बनेका हुन् । जोरायलका युवाहरुले निर्माण कम्पनीलाई दवाव दिन जोरायल गाउँपालिका वडा नं. ३ का वडाअध्यक्ष नविन ओझाको संयोजकत्वमा संघर्ष समिति पनि गठन गरेको अर्का स्थानीय युवा चित्र भट्टले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘बिभिन्न बाहाना बनाएर काम सम्पन्न नगर्नेका बिरुद्ध अब चरण बद्ध आन्दोलन सुरु हुन्छ, कि ठेक्काको काम नलिनुस्, काम लिए समयमै निर्माण सम्पन्न गर्नुस् ।’ आन्दोलनको पहिलो चरणको दवावमूलक कार्यक्रम अन्तरगत उक्त संघर्ष समितिले जोरायलबाट दुई हजार २ सय ८७ जनाको हस्ताक्षर संकलन गरि निर्माण कम्पनीलाई पठाईएको वडा नं. ३ का वडाअध्यक्ष तथा संघर्ष समितिका संयोजक नविन ओझाले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘समयमै काम सम्पन्न गर्नका लागि हामीले पहिलो चरणमा दवावमूलक कार्यक्रम अन्तरगत हस्ताक्षर संकलन गरी निर्माण कम्पनीलाई पठाएका छौँ, उक्त हस्ताक्षरको अवमुल्यन गरी निर्माण कार्यलाई बेवास्ता गरे थप आन्दोलनका कार्यक्रम अघि सारिने छ ।’

    संकलन गरिएको उक्त हस्ताक्षर जोरायल गाउँपालिका मार्फत निर्माण कम्पनी राजेन्द्र निर्माण सेवा कम्पनी धनगढीलाई पठाई जिल्ला प्रशासन कार्यालय डोटी, पूर्बाधार बिकास कार्यालय डडेल्धुरालाई जानकारी दिईएको संघर्ष समितिका सह संयोजक केशवनारायण जोशीले जानकारी दिनुभयो । उता निर्माण कम्पनीले बिभिन्न प्राबिधिक तथा प्रशासनिक कारणले निर्माण कार्यमा ढिलाई भएपनि दशैं लगत्तै निर्माण कार्य शुरु गर्न पहल भईरहेको बताउँदै आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend