logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • समाजवादी जागरण अभियान सफल भयो : माधव नेपाल

    समाजवादी जागरण अभियान सफल भयो : माधव नेपाल

    3.1K
    Shares
    समाजवादी जागरण अभियान सफल भयो : माधव नेपाल

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी जागरण अभियान सफल भएको बताएका छन् ।

    शनिबार धनगढीमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले मेचीबाट सुरु भएको अभियान महाकालीसम्म सफलरुपमा सम्पन्न भएको बताएका हुन् । समाजवादी जागरण अभियानका क्रममा विभिन्न पार्टी परित्याग गरी हजारौँको संख्यामा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका नौजवान युवाले आफूलाई उत्साहित बनाएको उनको भनाइ थियो ।
    उनले समाजवादी जागरण रोजगारी, सुशासन र समृद्धिको विषयलाई केन्द्रविन्दुमा राखेर अगाडि बढाएको बताए । अध्यक्ष नेपालले भ्रष्टाचार र व्यक्तिवादबाट मुक्त भइयो भने मात्र त्यसको सही कार्यान्वयन हुने बताए । समाजवादी जागरण अभियान समाजवादप्रति मानिसहरूको आकर्षण बढाउनल सफल भएको उनको भनाइ थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend