logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • दशै सुरु भएसँगै सुदूरपश्चिमका सीमानाकामा चहलपहल बढ्यो

    दशै सुरु भएसँगै सुदूरपश्चिमका सीमानाकामा चहलपहल बढ्यो

    3.1K
    Shares
    दशै सुरु भएसँगै सुदूरपश्चिमका सीमानाकामा चहलपहल बढ्यो

    काठमाडौँ । कामको सिलसिलामा भारत पसेकाहरु दसैँ मनाउन घर फर्किन थालेपछि अहिले भारतसँग जोडिएका यहाँका सीमा नाकामा भिडभाडसँगै चहलपहल बढेको छ । यतिमात्रै नभई यहाँका तराईका जिल्लाबाट दसैँ मनाउन पहाड जानेको पनि भीड लाग्न थालेको छ ।

    कैलालीको धनगढी तथा अत्तरियास्थित बसपार्कमा दसैँ मनाउन पहाडी जिल्लामा जानेको निकै नै भीड लाग्न थालेको छ । खास गरी सुदूरपश्चिम प्रदेशका पहाडी एव हिमाली जिल्ला दार्चुला, बैतडी, डडेल्धुरा, बझाङ, बाजुरा, अछाम, डोटी जानेहरुको धनगढी तथा अत्तरिया बसपार्कमा घुइँचो लागेको हो ।
    यसैबिच यात्रुहरुले बसपार्कमा टिकट पाउन समेत सास्ती भइरहेको बताएका छन् । बझाङ जान लागेका दीपक सिंहले बडो मुस्किलले टिकट पाएको सुनाए । तर यो बेला बसमा ओभर लोड हुने पो हो कि भन्ने पनि चिन्ता व्यक्त गरे । भारतबाट फर्किएका कतिपय यात्रुहरूले गृह जिल्ला जाने सवारी साधन समेत नपाएको गुनासो सुनाएका छन् ।

    लामो दुरीको यात्राका लागि अग्रिम टिकट सकिएको र अतिरिक्त गाडी आए मात्र सबै यात्रुलाई सहज हुने यातायात व्यवसायीहरुले बताएका छन् । सुन्दर सुदूरपश्चिम यातायात प्रालिले यात्रुहरुको चापलाई मध्यनजर राख्दै थप बस उपलब्ध गराउने जनाएको छ ।  सुन्दर सुदूरपश्चिम यातायात प्रालिका कार्यालय प्रमुख देवीलाल जोशीले यतिबेला काठमाडौँबाट धनगढी आउने र भारतबाट फर्किएकाहरु गाउँ जानेको चाप बढी रहेको बताउँदै जसलाई मध्यनजर गर्दै थप गाडी पठाइरहेको बताए ।

    सबै रुटमा चार सय गाडी चलिरहेको बताउँदै जोशीले यात्रुहरुको चापलाई मध्यनजर गरेर थप गाडीहरु पनि पठाइरहेको जानकारी दिए । यस्तै यात्रुहरुले समयमा टिकट नपाउने र सुरक्षित यात्राको लागि सवारी सधानमा कार्यरत जनशक्तिलाई तालिम दिने र प्रभावकारी सेवा दिन निर्देशन दिएको उनको भनाइ छ । रिभर साइड यातायात प्रालि लम्कीका महासचिव सुरेन्द्र पाण्डेले हाल २ सय बस सञ्चालनमा रहेको जानकारी दिए । पाण्डेले पनि यात्रुहरुको चापलाई मध्यनजर गरी थप बस सञ्चालनमा ल्याएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend