logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • उपेन्द्र यादवले भने–जसपा कम्युनिस्ट हुन सक्दैन

    उपेन्द्र यादवले भने–जसपा कम्युनिस्ट हुन सक्दैन

    1.9K
    Shares
    उपेन्द्र यादवले भने–जसपा कम्युनिस्ट हुन सक्दैन

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी कम्युनिस्ट हुन नसक्ने बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले जसपा सामाजिक लोकतान्त्रिक पार्टी भएकाले कम्युनिस्ट हुन नसक्ने बताए ।

    वर्तमान अवस्थाको समाजवादी मोर्चा कम्युनिस्ट पार्टी अथवा साम्यवादी मोर्चामा रुपान्तरित हुन नसक्ने समेत उनले प्रष्ट पारेका छन् । अध्यक्ष यादवले भने, ‘एउटा समाजवादी पार्टीको लोकतान्त्रिक पार्टी र कम्युनिस्ट पार्टीहरुबीच सहकार्य र मोर्चा मात्र हुन सक्छ ।’

    यादवले भनेका छन्, ‘हाम्रो समाजमा रहेको गरिबी, अशिक्षा, बेरोजगारी, सामाजिक, आर्थिक शोषण, उत्पीडनका साथै वर्गीय, जातीय र लिङ्गका आधारमा कायम रहेका असमानता र विभेदलाई उन्मुलन गर्दै आफू पहिचानसहितको संघीयता, सुशासन, समानता, स्वतन्त्रता, सामाजिक आर्थिक न्याय र समाजवादप्रति आस्था राख्ने भएको हुँदा कम्युनिस्ट वा साम्यवादी हुन सकिँदैन ।’ यसबाट भ्रमित र दुबिधामा नरहन समेत यादवले आम समाजवादीहरुलाई अपिल गरेका छन् ।

    वर्तमान अवस्थामा जसपा, नेपाल सम्मिलित समाजवादी मोर्चालाई कतिपयले साम्यवादी मोर्चाको रुपमा बुझ्ने, बुझाउने गरेको र त्यसले पार्टीपंक्तिमा केही भ्रम सिर्जना गरेको सन्दर्भमा पार्टीको उक्त धारणा सार्वजनिक भएको पार्टीका प्रचार प्रचार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend